FAQs Complain Problems

जोशीपुर गाउँपालिकाको संक्षिप्त परिचय ।

जोशीपुर गाउँपालिका सुदुरपश्चिमाञ्चल विकास क्षेत्र सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १  मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया  गरी  २ ओटा  गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।  कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो  गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन्  भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ ।  

यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ ।  जिल्ला सदरमुकाम देखि १०० कि.मि. दुरीमा रहेको यो गाउँपालिका अन्न तथा धान बालीको उत्पादनको लागि कैलाली जिल्लाको राम्रो गाउँपालिकामा पर्दछ । समुद्रसतह बाट  न्युनतम १४८ मिटर देखि अधिकतम १६२ मिटर उचाई सम्म भू -धरातल रहेको यस गाउँपालिकाको लगभग आधा भू -भाग वन क्षेत्र तथा बुट्यानले भरिएको पाइन्छ । 

राष्ट्रिय  जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ३६४५९ रहेको छ । जसमध्ये १८६२५ महिलाको संख्या छ भने १७८३४ पुरुष रहेका छन् ।  मुख्य जातिका रुपमा थारु ,क्षेत्रि ,ब्राम्हण तथा दलितहरुको बसोबास रहेको पाइन्छ ।